दफा ११
समिति वा उपसमिति गठन गर्न सक्ने
(१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने कुनै काम गर्नको निमित्त आवश्यकतानुसार समिति वा उपसमितिहरु गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समिति वा उपसमितिहरुको काम, कर्तव्य, अधिकार र कार्यविधि परिषद्ले तोके बमोजिम हुनेछ ।